डिउटीमा रहेका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, अन्य सेवा अनिश्चितकालका लागि बन्द

ओकेखबर संवाददाता ५ असार २०७७, शुक्रबार ११:१५ मा प्रकाशित ( साल अघि) ५७४ पाठक संख्या

पर्वत । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको डा. शिशिर देवकोटाले जानकारी दिए ।

पर्वत अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै अस्पतालका सेवा बन्द गरिएको जानकारी दिएको हो ।

अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमित सबै भारतबाट आएका डा. देवकोटाले जानकारी दिए ।

 


सम्बन्धित खबरहरु