नोभेम्बरमा विवाह गर्ने तयारीमा थिए सुशान्त

ओकेखबर संवाददाता १ असार २०७७, सोमबार १३:४९ मा प्रकाशित ( साल अघि) १५२७ पाठक संख्या

एजेन्सी । बलिउडमा स्टार सुशान्त सिंह राजपुत नोभेम्बरमा विवाह गर्ने तयारीमा रहेको खुलेको छ । सुशान्तको आात्महत्यापछि यो खबर बाहिरिएको हो ।

सुशान्तले आफ्नो निवास मुम्बईको फल्याटमा आत्महत्या गरेका हुन् । त्यहा उनी एक डिलक्स अपार्टमेन्टमा बस्दै आएका थिए । जहाँ ४ फ्ल्याट थियो ।

सुशान्तले त्यस अपार्मेन्टको मोटो रकम तिर्दै आएका थिए । सुरुमा नै भारु १२ लाख ९० हजार डिपोजिट गरेका थिए भने हरेक महिना उनी ४ लाख ५१ हजार भाडा तिर्दथे । यस फल्याटमा सुशान्तले २०२२ सम्म बस्ने सम्झौता गरेका थिए । तर अब त्यो सम्भव छैन ।

उनी यहि बर्ष अर्थात सन् २०२० को नोभेम्बरमा विवाह गर्ने तयारीमा थिए । उनको विवाहका लागी उनको घर पटनामा तयारी समेत भएको थियो ।


सम्बन्धित खबरहरु