अस्पतालबाट अल्ट्रासाउण्ड मेसिन चोरी, डाक्टरसहित २ जना पक्राउ

ओकेखबर संवाददाता २८ जेष्ठ २०७७, बुधबार २२:१६ मा प्रकाशित ( साल अघि) ४५५ पाठक संख्या

ललितपुर । पाटन अस्पतालको आइसीयू वार्डमा रहेको अल्ट्रासाउण्ड मेसिन चोरी भएको छ । अल्ट्रासाउण्ड मेसिनको मा पार्टपुर्जा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही अस्पतालका डा. प्रविन मिश्र र महोत्तरीको बर्दिबासका रमेश कुमार शर्मा रहेकाे महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जालनकारी दिए ।

डा. मिश्र बर्दिबासमा रहेको बी एण्ड बी पोलिक्लिनिक सञ्चालक हुन् भने शर्मा अहेव रहेको बुझिएको छ । प्रहरीले मर्मतको बहानामा चोरी गरेको अल्ट्रासाउण्ड मेसिन नयाँ बानेश्वरमा लगेर राखेको अवस्थामा फेला पारेको एसएसपी राईले जानकारी दिए ।

उनीहरूले १७ जेठ बिहान साढे ८ बजे पाटन अस्पतालको आइसीयू वार्डमा रहेको पार्टेवल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएको भन्दै झुक्याएर पार्टपुर्जा चोरी गरेका प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु