कोरोना संक्रमणमा ब्लड ग्रुपको भूमिका : कुन ग्रुपका व्यक्तिलाई धेरै जोखिम ?

ओकेखबर संवाददाता २६ जेष्ठ २०७७, सोमबार ०७:५५ मा प्रकाशित ( साल अघि) १९१० पाठक संख्या

एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिममा ब्लड ग्रुपको पनि भूमिका देखिएको छ । वैज्ञानिकहरुले गरेको अध्ययनमा ब्लड ग्रुपका आधारमा पनि जोखिम वा कम जोखिम हुने पत्ता लागेको छ । ब्लड ग्रुप ए भएका व्यक्तिमा कोरोना भाइरसको गम्भीर संक्रमण हुनसक्ने अनुसन्धानबाट खुलेको छ ।

चीनका स्वास्थ्य वैज्ञानिकहरुले ब्लड ग्रुप ए भएका व्यक्तिमा कोरोनाको जोखिम बढी हुने बताएका थिए । अहिले जर्मनीले गरेको अध्ययनमा पनि यहीँ कुराको पुष्टि गरेको छ ।

जर्मनीको युनिभर्सिटी अफ किलका अनुसन्धानकर्ताले खास तरिकाको जिनका कारण यस्तो हुने गरेको जनाएका छन् । अनुसन्धानकर्ताले ब्लड ग्रुप ए भएका व्यक्ति गम्भीर बिरामी हुने सम्भावना ५० प्रतिशत धेरै हुने बताएका छन् । ए ब्लड ग्रुपका व्यक्तिलाई कोरोना संक्रमण भएमा तत्काल भेन्टिलेटरमा राख्न सुझाव दिएका छन् ।

डेली मेलका अनुसार अमेरिका, स्पेनसहित विभिन्न देशमा अन्य स्वास्थ्य समस्या नभएका युवा अवस्थाका व्यक्तिको पनि मृत्यु भएका छन् ।

अनुसन्धानकर्ताले टाइप ए ब्लड ग्रुप भएका व्यक्तिको अनुसन्धानका लागि मात्र इटली र स्पेनका १ हजार ६ सय १० जना संक्रमितको डाटा अध्ययन गरेका थिए ।

अध्ययनमा बिरामीको जिनलगायत विभिन्न पक्षको अनुसन्धान गरिएको थियो । २ हजार २ सय ५ अन्य ब्लड ग्रुपका संक्रमित व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइएको थियो ।

जिनको अध्ययनमा ब्लड ग्रुपमा निर्भर देखिएको छ । ए ब्लड ग्रुप भएका व्यक्तिमा कोरोनाको गम्भीर असर हुने र ओ ब्लड ग्रुप भएका व्यक्तिलाई कम असर हुने गरेको अनुसन्धानको निष्कर्ष छ ।


सम्बन्धित खबरहरु