नयाँ कोरोना परीक्षण किट बन्यो, २० मिनेटमा रिपोर्ट आउने दावी

ओकेखबर संवाददाता २५ जेष्ठ २०७७, आईतवार ०७:५४ मा प्रकाशित ( साल अघि) ७१८ पाठक संख्या

एजेन्सी । भारतको हैदराबादस्थित औद्योगिक संस्थान (आईआईटी) का वैज्ञानिकहरुले केवल २० मिनेटमा रिपोर्ट दिन सक्ने कोरोना परीक्षण किट बनाएको दावी गरेका छन । वैज्ञानिकहरुले गरेको दावी अनुसार आफुहरुले विकास गरेको कोरोना परीक्षण किट अहिले प्रचलनमा रहेको रिवर्स ट्रान्स्क्रीप्सन पलिमरेस चेन रियाक्सन ९आरटी–पीसीआर० प्रणाली भन्दा बिल्कुलै फरक छ ।

यस बारे थप प्रकाश पार्दै आईआईटी हैदराबादको ईलेक्ट्रीकल ईन्जिनियरिङ विभागका प्रोफेसर शिव गोविन्द सिंहले बताए, “हामीले अहिलेसम्मकै नयाँ खालको कोरोना परीक्षण किटको विकास गरेका छौं । यसले केवल २० मिनेटमा कोरोना संक्रमण भए नभएको रिपोर्ट दिन्छ । यो किटको मुख्य विशेषता के छ भने, यो किट अहिले प्रचलनमा रहेको आरटी–पीसीआर पद्धतिमा आधारित छैन तर यहि पद्धति अनुसारका किटले जस्तै काम गर्छ ।”

यो किट एक ठाउँबाट अर्को ठाउँमा सजिलैसंग लैजान सकिने र यसको प्रयोग विरामीले आफ्नै घर पनि प्रयोग गर्न सक्ने प्रोफेस सिंहले बताए । यो किट अहिले प्रचलनमा रहेका किटहरुको सजिलो विकल्पका रुपमा स्थापित हुने प्रोफेसर सिंहले दावी गरे । वैज्ञानिकहरुले जनाए अनुसार अहिले विकास गरिएको कोरोना परीक्षण किटको मुल्य केवल भारु साढे पाँचसय पर्छ भने ठूलो संख्यामा उत्पादन गर्दा साढे तीनसय पर्छ ।

यो किटको अहिले भारतको हैदरबादस्थित इएसआईसी चिकित्सा महाविद्यालय अस्पतालमा परीक्षण चलिरहेको छ । अनुशन्धानकर्ताहरुको टोलीले यो कोरोना परीक्षण किटलाई मान्यता दिलाउन भारतीय आयुर्विज्ञान अनुशन्धान परिषद (आइसीएमआर) समक्ष आवेदन दिएको छ । यसका साथै यो किटको पेटेन्ट राईटका लागि पनि आवेदन दिएको आईआईटीका वैज्ञानिकहरुले बताएका छन ।

आईआईटी हैदराबाद, भारतको दोस्रो शैक्षिक संस्था हो, जसले कोरोना परीक्षण किटको आविष्कार गरेको छ । यसअघि आईआईटी दिल्लीले कोरोना संक्रमणको परीक्षण गर्ने रियल टाइम पिसीआर किटको विकास गरेको थियो । यसरले भारत सरकारबाट मान्यता पाएर प्रयोगमा आईसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


सम्बन्धित खबरहरु