हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

ओकेखबर संवाददाता १० जेष्ठ २०७७, शनिबार १८:१२ मा प्रकाशित ( साल अघि) ७४५ पाठक संख्या

संखुवासभा । काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा एक सुत्केरीको मृत्यु भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका ६ की गङ्गा कार्कीको मृत्यु भएको हो ।
संखुवासभाबाट थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी कार्कीको शुक्रवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

नवजात शिशु गुमाएकी ३२ वर्षीया कार्कीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार ४ बजे काठमाडौँ लगिएको थियो। उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह लगिएको थियो ।

घर फर्किपछि पुनः विरामी परेकी हुनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको थियो । पारिवारिक स्रोतका अनुसार उनको शरीरमा रगतको मात्रा कमी थियो ।


सम्बन्धित खबरहरु