अन्तत : मास्क लगाउन बाध्य भए ट्रम्प

ओकेखबर संवाददाता ९ जेष्ठ २०७७, शुक्रबार ०६:५७ मा प्रकाशित ( साल अघि) ४७८ पाठक संख्या

एजेन्सी । लगातार मास्क लगाउन अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्तत : मास्क लगाउन बाध्य भएका छन् । ट्रम्पले बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमणको क्रममा केहीबेर मास्क लगाएका हुन् । उनले पत्रकारहरुको नजरबाट भने मास्क लगाएको अवस्थामा आफूलाई देखाएनन् ।

मिशिगनको रसनभिलमा रहेको फोर्डको प्लान्टमा ट्रम्प आफ्नो टोलीसँग निरीक्षण भ्रमणमा गएका हुन् । मोटर उत्पादक कम्पनीले हाल कोरोना भाइरसको संकटमा अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गरिरहेको छ ।

ट्रम्पले सो भ्रमणको क्रममा केहीबेर मास्क लगाएका हुन् । अझै पनि उनी मास्कको विपक्षमा देखिएको छन् ।

तर बिहीबार ट्रम्पले बाध्य भएर केहीबेर मास्क लगाएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन् । फोर्डले आफ्ना प्लान्टहरुमा जानका लागि मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम लागु गरेको छ । यस्तै मिशिगनमा राज्यले पनि सार्वजनिक स्थानमा मास्क लगाउनु पर्ने भनेको छ ।

फोर्ड कम्पनीले वक्तव्य जारी गरेर कम्पनीका अध्यक्ष बिल फोर्डले राष्ट्रपति ट्रम्पलाई भ्रमणमा आउँदा मास्क लगाउनका लागि प्रोत्साहित गरेको बताएको थियो ।


सम्बन्धित खबरहरु