धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारका अनुसार पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ।
सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएको थियो।
उनले गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।