आज:
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अचानक अस्पताल भर्ना भएका छन् । उनी छाति दुखेपछि गंगालाल ह्दय रोग केन्द्र बाँसबारीमा भर्ना भएका उनका पीए मनोज कुमार कुशुवाहले बताए ।
उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना भएका पनी उनका पीए कुशुवाहले बताए ।
मन्त्री यादवको अहिले ईसीजी लगायत जाँच भैरहेको छ । केही संचारमाध्यमले भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवलाई हृदयघात भएको खबर सार्वजनिक गरेका छन् ।