अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

ओकेखबर संवाददाता १३ बैशाख २०७७, शनिबार ०७:०२ मा प्रकाशित ( साल अघि) ६२७ पाठक संख्या

एजेन्सी । अमेरिकामा विश्व महामारी कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने कुल मृतक संख्या ५१ हजार १७ पुगेको छ ।

अमेरिकामा कोरोना सक्रमितको संख्या ८ लाख ९० हजार पुगेको छ । तर अमेरिकामा मृत्यु दर भने युरोपका देशका तुलनामा कम भएको त्यहाँको सरकारले बताएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको मृत्युदर प्रति एक लाखमा १५ जना मात्र रहेको छ । जबकी इटलीमा प्रति एक लाखमा ४२, स्पेनमा ४७, फ्रान्समा ३२, वेल्जियममा ५६ र बेलायतमा २८ जना रहेको छ ।


सम्बन्धित खबरहरु