लकडाउनमा फूलहरुसंग (फोटो कथा)

शिखा श्रेष्ठ १७ चैत्र २०७६, सोमबार १५:०३ मा प्रकाशित ( साल अघि) १६२८ पाठक संख्या

 

काठमाडौं । यतिबेला बसन्त ऋतुकै समय छ । सुकेका रुखहरुमा नवीन पालुवाहरु पलाउन थालेका छन्, बगैँचामा रंगीबिरंगी फूलहरु फूल्न थालेका छन्, हिजोआज म त्यही फूलहरुसंग साउती मार्छु ।

मतिर हेरेर मुस्कुराएका ती फूलहरु देख्दा हर्षविभोर हुन्छु । प्रकृतिको यस्तो मनमोहक दृश्यसंगै, घरि घाम अनि घरि शितल छाहारीतिर । हरेक प्रहार सहेर हाँसिरहने ती फूलहरु अनि कलिला पालुवाको लोभलाग्दो दृश्यावलोकन गर्दा नतमस्तक हुन पुग्छु।

त्यसो त उस्तै उत्साहित हुन्छु, सुकेर भुइँमा झरेका फुलहरु देख्दा । ति फुलहरुमा उस्तै मुस्कुराहट देख्छु, कि उनिहरु यस्ता कैयन मुस्कुराहट जन्माउनेवाला छन् । अनि लाग्छ, यो लकडाउन फूलहरुसंग प्रेम गर्न मलाई समय मिलाइदिएको हो …


सम्बन्धित खबरहरु