प्रहरीका अनुसार विराटनगरबाट भद्रपुर आएर सो एम्बुलेन्सले भद्रपुरका चार बासिन्दालाई रु नौ हजार भाडामा लैजाँदै गर्दा प्रहरीले जाँचका क्रममा यात्रु बिरामी नभएको रहस्य खुलासा भएको थियो । एम्बुलेन्स र चालकलाई इप्रका झिलझिलेमा राखिएको छ ।
प्रहरीले जाँच गर्दा एक यात्रुले बिरामी भएको नाटक गर्दै हत्तपत्त स्ट्रेचरमा सुत्ने प्रयास गरेका थिए । एम्बुलेन्समा दुई बालबालिकासहित एकै परिवारका चार सदस्य थिए । यात्रुलाई प्रहरीले छाडिदिएको छ । भद्रपुरबाट विराटनगरसम्मको एम्बुलेन्स भाडा रु चार हजार तीन सय मात्र हो ।