आज: 

शारिरिक र मानसिक दुर्व्यवहार कारण पूर्वमिस नेपाल उषा खड्गीले गरिन् ‘डिभोर्स’

ओके खबर २ चैत्र २०७६, आईतवार १२:३४ मा प्रकाशित ( साल अघि) ४४९ पाठक संख्या

काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीले डिभोर्स गरेकी छिन् ।

इमेज टेलिभिजनलाई दिएको अन्तरवार्ताको दुई भिडिओ क्लिपसहितको फेसबुक पोस्टबाट उनले जिपी तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक जीवन समापन गरेको सार्वजनिक गरेकी हुन्।

विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन, उनले सो फेसबुक पोस्टमा लेखेकी छन्।

पोस्टमा उनले सो क्रियाकलापलाई नाईं भन्ने निर्णय गरेको भन्दै सहयोग र साथ दिने सबैलाई धन्यवाद भनेकी छन्।

शनिबार गरिएको पोस्टमा उनले आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने पनि लेखेकी छन्।

फेसबुकमा उनले अन्तरवार्ताका दुई क्लिप पोस्ट गरेकी छन् जसमध्ये एकमा उनी बोल्दाबोल्दै रोएकी छन्।
उनी मिस नेपाल(२००० को ताज विजेता हुन्। उनको जिपी तिमल्सिनासँग प्रेम विवाह भएको थियो।


सम्बन्धित खबरहरु