राष्ट्रियसभामै प्रचण्डमाथि जुत्ता प्रहार

ओकेखबर संवाददाता १८ फाल्गुन २०७६, आईतवार १६:१९ मा प्रकाशित ( साल अघि) ४९४ पाठक संख्या

काठमाडौं ।  पूर्व प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।

राष्टियसभा गृहमा आइतबार पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष दाहाललाई प्रमुख अतिथिकाे रुपमा निम्त्याइएको थियो । अध्यक्ष दाहाल माथि राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केने क्रममा जुत्ता प्रहार भएको हो । तर जुत्ता प्रचण्डसम्म पुगेन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्‍त्रणमा लिएको छ ।


सम्बन्धित खबरहरु