अमेरिका र तालिवानबीच ऐतिहासिक शान्ति सम्झौता

ओकेखबर संवाददाता १८ फाल्गुन २०७६, आईतवार ०६:५५ मा प्रकाशित ( साल अघि) ३६९ पाठक संख्या

काठमाठौं । अमेरिकाले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने वचनवद्धता जनाउँदै १८ वर्षपछि तालिवान र अमेरिकाबीच शान्ति सम्झौता भएको छ । अफगान सरकारले सम्झौताको स्वागत गर्दै ३० दिनभित्र स्थायी युद्धविरामका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्झौतामा भनिएको छ, ‘१० मार्चमा तालिवान र अफगान सरकारबीच वार्ता सुरु हुनेछ, त्यसपछि स्थायी तथा विस्तृत युद्धविराम हुनेछ ।’

सम्झौता कार्यान्वयन भएमा अबको १४ महिनापछि अमेरिकी तथा उसको सैन्य गठबन्धनका सुरक्षाफौज, गैरसैनिक व्यक्तिहरू अफगानिस्तानबाट फिर्ता हुनेछन् । साढे चार महिनामा हालको १४ हजारबाट अमेरिकी फौज आठ हजार ६ सयमा सीमित हुनेछन् ।

यता, अफगानिस्तानमा तालिवानसहितको नयाँ सरकार गठन हुनेछ । अमेरिकी सहयोगमा अफगानिस्तान सरकार, सरोकारवाला र तालिवान समूहबीच २७ फागुनमा वार्ता हुने तय भएको छ । त्यसअघि नै अफगानिस्तान सरकारले एक हजार तालिवान बन्दी रिहा गर्नेछ । तालिवानको मागअनुसार बाँकी चार हजार बन्दी थप तीन महिनामा रिहा हुनेछन् ।

तालिवानले अफगान भूमिमा अमेरिकाको सुरक्षाविपरीत गतिविधिमा पूर्ण रोक लगाउने तथा अमेरिकाले तालिवानविरुद्ध लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने सहमति भएको छ ।


सम्बन्धित खबरहरु