महाशिवरात्रिको लागि पशुपतिमा तीन हजारभन्दा बढी साधुसन्त आइपुगे

ओकेखबर संवाददाता ७ फाल्गुन २०७६, बुधबार २०:४९ मा प्रकाशित ( साल अघि) ३१९ पाठक संख्या

काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानबाट साधु–सन्तहरु पशुपतिनाथमा आउने गर्छन् ।
यसपालि पनि महाशिवरात्रि पर्वको अवसर पारेर तीन हजारभन्दा बढी साधुसन्त पशुपतिमा आइपुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साधुसन्त आउने क्रम जारी रहेको कोषले जनाएको छ ।

चार सयभन्दा बढी नागाबाबा भने पशुपतिनाथको मूल मन्दिर परिसरमा बस्ने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए ।
औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै नागाबाबा बस्न पाउने परम्परा समेत छ ।

साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा रही आएको छ । यस बाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गरेको छ ।


सम्बन्धित खबरहरु