आज: 

कार्तिक र साराको ‘लभ आजकल’ औसत, विकेन्डको कमाइ कति ?

ओके खबर ५ फाल्गुन २०७६, सोमबार १२:५४ मा प्रकाशित ( साल अघि) ३०२ पाठक संख्या

काठमाडौं । सुपरहिट हुने अपेक्षा गरिएको फिल्म ‘लभ आजकाल’ फिल्मले दर्शकको ध्यान तान्न सकेन ।
सारा अली खान र कार्तिक आर्यनको फिल्म ‘लभ आजकाल’ ले बक्स अफिसमा खासै कमाइ गर्न सकेको छैन । प्रणय दिवसको अवसर पारेर रिलिज भएको यो फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

९० औं दशकको लभस्टोरी देखाइएको यो फिल्म नेपालमा पनि फिल्मले आशा गरिएअनुसारको व्यापार गर्न सकेको छैन । यद्यपि मल्टिप्लेक्समा दर्शक नआए पनि पर्याप्त शो भने दिइएको छ ।

इम्तियाज अलीले बनाएको यो फिल्मलाई लिएर दर्शक लामो समयदेखि प्रतीक्षारत थिए । सन् २००९ मा रिलिज भएको सैफ अली खानको ‘लभ आजकाल’ को रिमेक भएका कारण पनि यो फिल्मको चर्चा थियो ।

विश्लेषक तरण आदर्शले ‘लभ आजकाल’ लाई दर्शकले रिजेक्ट गरेको बताएका छन् । उनका अनुसार फिल्मले पहिलो विकेन्डमा २८ करोड ५१ लाख कलेक्सन गरेको छ । फिल्मले पहिलो दिन १२ करोड ४० लाख भारुको ओपनिङ गरेको थियो । त्यस्तै दोस्रो दिन ८ करोड १ लाख भारु कमाएको थियो भने आइतवार ८ करोड १० लाख भारू कमाइ गरेको छ ।


सम्बन्धित खबरहरु