गगनमाथि लगाएको आरोप पुष्टि गर्न रविलाई रामकुमारीको चुनौती

ओकेखबर संवाददाता ७ जेष्ठ २०८१, सोमबार २०:४४ मा प्रकाशित ( महिना अघि) ६७ पाठक संख्या

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले गगन थापा आन्दोलन र युवाहरूको राजनीतिक आइकन भएको भन्दै उनीमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएकी छन्।

गृहमन्त्री लामिछानेले गगनलाई देशको सूचना बेचेको आरोप लगाएको भोलिपल्टै झाँक्रीले सामाजिक सञ्जालमामार्फत गृहमन्त्री लामिछानेलाई चुनौती दिएकी हुन्।
आफ्नै सामर्थ्यमा बनेको नेतामाथि आरोप लगाएर मात्रै नपुग्ने भन्दै उनले प्रमाणित गरेर देखाउन लामिछानेलाई चुनौती दिएकी छिन्।

‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, झाँक्रीले सामाजिक संजालमा लेखेकी छिन्, ‘गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस्।’


सम्बन्धित खबरहरु