पहिरोमा परेर वडा सदस्यसहित दुईजना पुरिए

ओकेखबर संवाददाता २३ भाद्र २०८१, आईतवार ०९:०३ मा प्रकाशित ( महिना अघि) १०५ पाठक संख्या
सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिनुभएको छ।

गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए।

पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए।


सम्बन्धित खबरहरु