पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत यही भदौ १४ गते शुक्रवार सम्पन्न के–४४ अन्तर्गत महिला ५७ केजी तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई पराजित गर्दै कांस्य जितेकी थिइन् । उनी पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । काठमाण्डौ महानगरले पनि उनलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।