मधेश केन्द्रित ३ दलबीच सातबुँदे सहमति

ओकेखबर संवाददाता २८ फाल्गुन २०८०, सोमबार १३:५९ मा प्रकाशित ( महिना अघि) ५२ पाठक संख्या

काठमाडौं । मधेशकेन्द्रित तीन दलहरूबीच सातबुँदे सहमति भएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र बृषेशचन्द्र लाल नेतृत्वको तराई-मधेश लोकतान्त्रिक पार्टीबीच आइतबार सातबुँदे सहमति भएको हो ।

सहमतिपत्रमा संविधानको संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने, विद्यमान सबैखाले विभेदहरूलाई हटाउने, उत्पादनमुखी अर्थतन्त्रको स्थापना गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्नेलगायतका बुँदाहरू छन् ।


सम्बन्धित खबरहरु