आरजुसहित देउवा पुगे माधव नेपाल भेट्न

ओकेखबर संवाददाता २३ फाल्गुन २०८०, बुधबार ११:०५ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न देउवा नेपाल निवास पुगेका हुन् ।

देउवाको साथमा पत्नी आरजु र नेता रमेश लेखक पनि छन् । राजनीतिक समीकरण बदलिएका बेला सभापति देउवा र नेता नेपालको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सोमबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई निवासमै पुगेर भेटेका थिए । केही दिनदेखि रुघाखोकीले घरमै आराम गरिरहेका नेपालको आज जन्मदिन समेत हो ।


सम्बन्धित खबरहरु