प्रचण्डलाई सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता लियो

ओकेखबर संवाददाता २२ फाल्गुन २०८०, मंगलवार १८:१० मा प्रकाशित ( महिना अघि) ५८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कांग्रेस उपसभापति धनराज गुरुङले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका थिए ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धन बनेपछि कांग्रेस कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।


सम्बन्धित खबरहरु