शीतल निवास पुगेर प्रचण्डले भने– तीन मन्त्रीको शपथ आजै छ

ओकेखबर संवाददाता २१ फाल्गुन २०८०, सोमबार १३:३२ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता भएको छ ।

 

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ ।


सम्बन्धित खबरहरु