टीआरसीवारे छलफल गर्न आज कानून समितिको बैठक बस्दै

ओकेखबर संवाददाता २१ फाल्गुन २०८०, सोमबार ०६:३४ मा प्रकाशित ( महिना अघि) ५० पाठक संख्या

काठमाडौं । टीआरसीमा छलफल गर्न सोमबार बिहान पुनः प्रतिनिधिसभा अन्तर्गतको कानून समितिको बैठक बोलाइएको छ । आईतवार बालुवाटारमा नेताहरुबीच सहमतिको संकेत भएकाले बैठक बोलाइएको नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘पीडितको सन्दर्भमा हामीले उठाएका विषय पूरा गर्न सरकार केही लचक भएको छ । त्यसले सकारात्मक पथमा पुग्ला कि भन्ने छ’

बैठक आज बिहान ७ः४५ बजे बस्ने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुसँग भेट गरेका छन् ।


सम्बन्धित खबरहरु