यस्ता छन् सोमबार मन्त्रिपरिषद्ले गरेका १७ निर्णय

ओकेखबर संवाददाता १५ फाल्गुन २०८०, मंगलवार १९:२९ मा प्रकाशित ( महिना अघि) १३१ पाठक संख्या

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठककले विभिन्न १७ वटा निर्णय गरेको छ। ती निर्णयलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मङ्गलबार सार्वजनिक गरेकी छन्।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले सोमबारको मन्त्रिपरिषद् बैठकका ती निर्णय सार्वजनिक गरेकी हुन्।

 

सरकारले गृहमन्त्रालयको प्रस्तावमा रसियामा आगामी चैत ४ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुगमन जान स्वीकृति दिएको छ।

त्यसैगरी नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ।

 


सम्बन्धित खबरहरु