संघीयतालाई बलियो बनाउन कांग्रेसका महासमिति सदस्यहरूको ध्यानाकर्षण

ओकेखबर संवाददाता १० फाल्गुन २०८०, बिहीबार ११:२० मा प्रकाशित ( महिना अघि) ५८ पाठक संख्या

ललितपुर ।  नेपाली कांग्रेसका महासमिति सदस्यहरूले संघीयता कार्यान्वयनमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा बोल्दै उनीहरूले पार्टी नेतृत्वकै कारण संघीयता बद्‌नाम भइरहेको बताएका हुन्। सुर्खेतका पूर्णबहादुर रानाले एक व्यक्ति एक पद आवश्यक भएको बताउँदै संघीयता कार्यान्वयनमा जोड दिनुभयो। त्यस्तै हुम्लाका जयपति रोकायले समानुपातिकबाट अवसर पाएकाहरूलाई अन्य ठाउँमा पनि अवसर दिने काम नगर्न नेतृत्वलाई ध्यानाकर्षण गराउनु भयो। कालिकोटबाट आउनु भएका टेकराज शाहीले पार्टी संरचना र जनप्रतिनिधिको नियमन केन्द्रीय कार्यसमितिबाट हुनुपर्ने बताउनु भयो।

त्यस्तै डा.सुवोध पोखरेल (सर्लाही)ले संघीयता र संविधानको रक्षाका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने बताउनु भयो। उहाँले भन्नु भयो, ‘संघीयताको बदनामा नेतृत्वबाट भएको छ यसलाई सुधार्न कांग्रेसले नेतृत्व गर्नुपर्छ । मधेशमा लाभका पदमा पहाडिया समुदायका मानिसले मधेशीको भावनामा चोट पुर्याए। यसमाल ध्यान दिनुपर्छ ।’

सञ्जिव उपाध्याय (सिरहा)ले अबको मुद्दा आर्थिक मुद्दा हुनुपर्ने बताउनु भयो। उहाँले विकास निर्माणको दायरा फराकिलो बनाएर मधेशमा कांग्रेसले जनाताको साथ दिनुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो , ‘अबको मुद्दा आर्थिक मुद्दा हो । विकास निर्माणमा फराकिलो दायराका साथ कांग्रेसले मधेशलाई हेर्नुपर्छ ।
गठबन्धन कांग्रेसका शुभचिन्तकले चाहेका छैनन् ।’

शेख वकिल, रौतहटले पार्टीका नेताहरू कुरा ठूला गर्ने तर मधेशको विकासका लागि केही नगर्ने भन्दै आपत्ति जनाउनु भयो। ‘नेताहरू ठुला ठुला कुरा गर्छन् मधेशको विकासको निम्ति केही बोल्दैनन् । सभापतिमा हारेका नेतालाई वरिष्ठ नेता दिइनुपर्छ,’ उहाँले भन्नु भयो, ‘शेखर कोइरालालाई वरिष्ठ नेता दिनुपर्छ ।’

उहाँले मधेशमा पानीको स्रोत सुक्दै गएकोतर्फ पनि ध्यानाकर्षण गराउनु भयो। ‘जल नभएर मधेश मरभूमि हुदैछ । खानेपानीको हाहाकार छ । सरकारले मधेशलाई विशेष ध्यान दिनुपर्छ । हाम्रो पार्टी सरकारमा ,’ उहाँले भन्नु भयो ,’गठबन्धन कुन समयमा गर्ने भन्ने त्यहि परिस्थितिमा निर्णय हुनुपर्छ ।’

देवप्रसाद तिमल्सिना, रौतहट ले कर्णाली र मधेश प्रदेशलाई कसरी अघि बढाउन सकिन्छ त्यसमा पार्टीले पहल गर्ने बताउनु भयो। उहाँले गठबन्धनमा जाने विषयमा सोच्नु पर्ने बताउनु भयो। ‘०८४ सम्म गठबन्धन गर्ने भनेर भोट मागियो। त्यहीअनुसार निर्वाचित भएर साथीहरू आउनु भएको छ,’ उहाँले भन्नु भयो, ‘त्यसपछि भने गठबन्धनमा जाने नजाने सोचौँ। जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । सुकिला मुकिला कांग्रेस छन् । झुपडीमा बस्ने पनि मन्त्री हुन चाहान्छन् ।

नेपाली कांग्रेस महासमिति सदस्य सिर्जना सिंहले केन्द्रदेखि तल्लो निकायसम्म गठबन्धन गर्दा एउटै स्तरमा नहुने बताउनुभएको छ। उहाँले नेपाली कांग्रेसले प्रशिक्षण व्यापक रुपले दिनुपर्ने र पार्टीको विधानलाई कडाभन्दा कडा रुपले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । काभ्रेका महासमिति सदस्य ललिता किरिङ मगरले ३३ प्रतिशत महिला सहभागिता तल झर्दै गएको र आदिवासी जनजाति लगायत सबै महिलालाई नीतिगत तहमा लैजानुपर्ने बताउनुभयो ।

रामेछाप गंगा अधिकारीले नेपाली कांग्रेस पार्टीलाई सुदृढीकरण गर्न जरुरी भएको गुटबन्दीले पार्टीलाई थिचेकोप्रति गुनासो गर्नुभयो। काठमाडौंबाट महासमिति सदस्य हरिप्रभा खड्गीले पार्टीले महिलाको इतिहासलाई बिर्सिन नहुने बताउनुभयो । महामन्त्री पदाधिकारीमा महिला अनिवार्य र भूगोलको रूपमा पनि महिलालाई प्रतिनिधि को रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । महासमिति सदस्य रामबहादुर गुरुङले २०४८ साल र २०८० सालको जनमतको परिणामले पार्टीको अवस्था प्रष्ट पारेको बताउनुभयो ।

महासमिति सदस्य शम्भुबहादुर बुढाथोकीले कांग्रेसले किसानलाई विशेष ध्यान दिनुपर्ने र किसान बलियो भयो भने कांग्रेस बलियो हुने बताउनुभयो । बाराका महासमिति सदस्य मधु शाही ठकुरीले गठबन्धनको कारण संगठन कमजोर नभएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी बलियो भर्यौ भने अरु पार्टीलाई गुहार्न पर्दैन होला। आफूलाई पाए सबै राम्रो नपाए सबै नराम्रो भन्ने छ ।’

धनुषाका महासमिति सदस्य रामवरण पाशवानले गठबन्धन नगरि बहुमत आउने पार्टी बनाउन लाग्‍नुपर्ने बताउनुभयो। कार्यकर्तालाई बेवास्ता गर्दा पार्टीलाई अप्ठ्यारो पारेको बताउनुभयो ।

महासमिति सदस्य गीता चौधरीले नेपालका भूगोल र मौसम राम्रो भएको हुनाले प्रत्येक दिन खेल खेलाउन सक्ने गरी खेल पर्यटन विकास गर्ने काम गर्नुपर्ने बताउनुभयो । त्यसैगरी महासमिति सदस्य रामानान्द यादवले क्रियाशीलको नाममा मारामार गर्न छोडेर समान अवसर प्रदान गरिनुपर्ने बताउनुभयो ।

महासमिति सदस्य मुस्ताव आलमले मधेशी र दलितका विषयहरु पनि प्रतिवेदनमा समेटिएको भन्दै प्रशंसा गर्नुभयो । पर्साका महासमिति सदस्य रमेश पाण्डेले पार्टीले गठबन्धनलाई आफू अनुकूल व्याख्या गरिएको बताउनुभयो । जुम्लाका महासमिति सदस्य दिलबहादुर कुवँरले ‘प्राइमरी इलेक्सन’बाट नै वडादेखि उम्मेदवार निर्वाचित हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

हुम्लाका महासमिति सदस्य सुशीला रोकायाले गठबन्धनको मर्म सबैले बुझ्नुपर्ने बताउनुभयो । सल्यानका महासमिति सदस्य मानबहादुर डाँगीले
संघ र प्रदेशमा राम्रो काम गरेन भने पार्टीले फिर्ता बोलाउनसक्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो । महासमिति सदस्य रामचन्द्र तिवारीले महासमितिमा पेश भएका प्रतिवेदनहरुमा छलफल गरेर पारित गर्दै कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो।

।।।।।।

रोमी गौचन थकाली (मुस्ताङ)ले धर्मको राजनीति गर्न नहुने बताउनु भयो। उहाँले धर्मको राजनीति नगरी नेपाली बन्न आह्वान पनि गर्नु भयो। उहाँले वडा समिति चयन गर्दा वडा समितिलाई नै जिम्मा दिनपर्ने पनि बताउनु भयो। त्यस्तै महासमिति सदस्य सुशीला उप्रेतीले पेस भएका प्रस्तावहरूमा किसानका माग र विषय छुटेको बताउनु भएको छ। ‘राजनीतिक प्रतिवेदनमा किसानका धेरै कुराहरू छुटेको छ। करको चपेटामा जनता छन्। यता राज्यले ध्यान दिन जरुरी छ,’ उहाँले भन्नु भयो, ‘निर्वाचन समिति अनुशासन समिति र लेखा संयोजक निर्वाचनबाट चुनेर छान्ने अवधारणा आएको छ। यो राम्रो छ।’
उहाँले स्थानीय तहका अधिकार गठबन्धनका कारण समस्या भएको उहाँको भनाइ छ। उहाँले मेयर एउटा पार्टी उपमेयर अर्को पार्टी गर्दा अधिकार खोसिएको उहाँको भनाइ छ।

केदार बहादुर लामा (ललितपुर)ले कांग्रेस सबै धर्मका मान्छे अटाउने मान्छे भएको भन्दै नेताको स्वार्थमा धर्मको राजनीति नगर्न आग्रह गर्नु भयो। उहाँले गठबन्धनको विषयमा प्रश्न गर्दै भन्नु भयो ,’अहिले नै गठबन्धन आवश्यक छैन भनेर भन्नु पर्ने कारण के हो?’

ऋषिकेश तिवारी (पर्वत)ले पार्टी भित्र प्रश्न गर्ने प्रक्रिया पनि नभएको टिप्पणी गर्नु भयो। उहाँले भन्नु भयो ,’पार्टीभित्र प्रश्न गर्ने सिस्टम पनि छैन। कांग्रेसको मौलिकताबारे छलफल हुनुपर्छ। आफ्नै ठाउँमा कमाउने र रमाउने कसरी युवा कसरी रोक्ने त्यता ध्यान दिनुपर्छ।’ त्यस्तै कृष्ण आमात्य (काठमाडौँ)ले पार्टीमा नेताहरूको नाममा हुने भागबन्डा अन्त्य गर्नु पर्ने बताउनु भयो। उहाँले पार्टी पदाधिकारीमा महिलालाई किन हेपिएको भन्दै प्रश्न गर्नु भयो।

विरु तिरुवा (मुगु)ले कर्णालीको बाटो खराब छ, कर्णालीको जनताको माग पनि सम्बोधन गर्नुपर्छ भन्ने नेताहरूलाई भान नै नभएको टिप्पणी गर्नु भएको हो। महासमिति सदस्य राजेश्वर सिंहले प्रतिवेदन तयार पार्ने नेताहरूले पार्टीको मुटु छाम्न नसकेको टिप्पणी गर्नु भयो।
त्यस्तै तेजुलाल चौधरीले कर्णाली र मधेश एकै ठाउँमा हुँदा मुद्दा मिले पनि संविधानअनुरुप कानुन बन्न नसकेको बताउनु भयो। उहाँले निजामती ऐन बनाउन नसकेको भन्दै ध्यानाकर्षण गराउनु भयो।
उहाँले भन्नु भयो, ‘मिटरब्याजको ऐन सरकारले ल्यायो त्यसमा हामीले सफलता प्राप्त गर्न सकेका छैनौँ। सरकारका काम राम्रो भएको छ कि छैन मूल्याकंन गर्ने बेला आइसकेको छैन । समावेशीलता कानुनमा छ ब्यवहारमा उतार्न सकेका छैनौं ।’

तेजुलाल चौधरीले राजनीतिबिना गठबन्धन नचल्ने र प्रजातन्त्रबिना गठबन्धन नचल्ने बताउनु भयो। उहाँले भन्नु भयो, ‘कांग्रेसले प्रधानमन्त्री बनाइदिन पर्ने ? कांग्रेसले कतिदिन सम्म बोक्नुपर्ने हो ? यस्तै हो भने पचासौ वर्ष कांग्रेसले बहुमत ल्याउदैँन।’


सम्बन्धित खबरहरु