कांग्रेसका ६ शुभेच्छुक संस्थाले गरे महासमिति बैठक बहिष्कार !

ओकेखबर संवाददाता ८ फाल्गुन २०८०, मंगलवार ०७:३८ मा प्रकाशित ( महिना अघि) १०१ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्था पार्टीको महासमिति बैठकमा सहभागी नहुने भएका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्तवादी संघ र नेपाल प्रेस युनियनले लिखित रुपमै महासमिति बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् ।

पार्टीले शुभेच्छुक संस्थाले आधिकारिक तीन–तीन जनाको नाम पठाएकोमा ती नाम समावेश नगरेको र विधानको व्यवस्था विपरीत निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य बनाएको भन्दै बैठक बहिष्कार गरेको उल्लेख गरेका छन् ।

यस्तै उनीहरुले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को व्यवस्था र निर्वाचन समितिको निर्णय एवं केन्द्रीय कार्यसमितिको निर्णय विधान विपरीत भएको भन्दै महासमिति बैठकमा सहभागी नहुने जानकारी गराएका छन् ।

 


सम्बन्धित खबरहरु