ओबामाले पाउरोटी बेच्न हुने, मैले पोछा लगाउन नहुने ? : मन्त्री किराँती

ओकेखबर संवाददाता ६ फाल्गुन २०८०, आईतवार ०८:२१ मा प्रकाशित ( महिना अघि) १५३ पाठक संख्या

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले सामन्ती संस्कृति खारेज गर्ने दाबी गरेका छन् । शनिबार पोखराको फेवा ताल छेउमा आयोजित नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछन् ?’ सत्रमा बोल्ने क्रममा उनले ठूलो मान्छेले कामै गर्न नहुने सामन्ती संस्कृति खारेज गर्ने दाबी गरेका हुन् ।

 

केहीदिन अघि मन्त्रालयमा पोछा लगाइरहेको भिडिओको प्रसंग झिक्दै मन्त्री किराँतीले प्रतिकात्मक रुपमा सन्देश दिन खोजेको बताए । ‘मलाई पनि हाकिम हुन मन छ । सुविधामै बस्न मन छ । तर हामीले प्रतिकात्मक रुपमा सन्देश के दिने ?,’ मन्त्री किराँतीले भने, ‘अमेरिकाको राष्ट्रपति ओबामा पाउरोटी बेच्न हुने, सुदन किराँतीले पोछा लगाउन नहुने ?’

 

उनले कोही सानो हुँदैन र उपल्लो तहका कर्मचारीले तल्लो तहकालाई हेप्ने प्रवृत्तिविरुद्ध आफूले सन्देश दिन खोजेको तर्क तरे । ‘ठूलो मान्छेले कामै गर्न नहुने सामन्ती संस्कृति म खारेज गर्छु,’ मन्त्री किराँतीले अगाडि भने, ‘मैले सक्ने र भ्याउने काम म गरिरहन्छु ।’


सम्बन्धित खबरहरु