रवि लामिछानेले देश बनाउँछन् भन्ने भ्रम मात्रै हो : किशोर राठोर

ओकेखबर संवाददाता ११ माघ २०८०, बिहीबार ०७:२४ मा प्रकाशित ( महिना अघि) १३१ पाठक संख्या

तुलसीपुर । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुनैदिन नागरिकता त्यागेर देश छोडेर भागेका भगौडाहरुले देश बनाउँछन् भन्ने भ्रम मात्रै भएको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन दाङले मंगलबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता राठोरले लामीछानेले निराशाको खेती गरेर ठुला दलहरुप्रती बितृष्णा थपेको टिप्पणि गरेका हुन । उनले निराशाबादी कुरा मात्रै गरि बस्नु भन्दा सकारात्मक कुरा गर्न तथा केही काम गरि बस्न आग्रह गरेका थिए । उनले सुविधा सम्पन्न गाउँ बनाउने अभियानमा कांग्रेस लाग्नु पर्ने बताए ।

नेपालमा चलेको दश वर्षे लामो द्वन्द्व लगाएतका कारणले कांग्रेसले लिन चाहेको विकासको गति अवरुद्ध भएको र त्यसले गर्दा देश अहिलेको स्थितिमा आइपुगेको भएपनि फेरि त्यसलाई सुधार्ने दायित्व पनि कांग्रेसकै भएको सहमहामन्त्री राठोरले बताए ।

२०४६ पछि कांग्रेसले लिएको खुल्ला अर्थनीतिकै कारण मुलुकमा बिगत भन्दा धेरै नै परिवर्तनहरु भएको पनि उनले बताए । लामो इतिहास बोकेको र तीन वटा आन्दोलनको नेतृत्व गरेको कांग्रेस पार्टीले गर्न नसकेको काम अहिलेका च्याउ जस्तै मुर्मिएका पार्टीले गर्न नसक्ने उनले बताए ।

 

पार्टी भित्र राम्रो गर्नेलाई पुरस्कृत र गल्ती गर्नेलाई दण्डित गर्ने परिपाटीको बिकास नहुँदा समस्या भएको नेता राठोरको तर्क थियो । इमानदार भइ हरेक कांग्रेसका सदस्य वडा तहबाट संगठन मजबुत बनाउने अभियानमा लागे भविश्यमा कांग्रेसलाई कसैले हराउन नसक्ने उनले बताएका थिए ।


सम्बन्धित खबरहरु