विराटनगर कोइराला निवासमा आज शेखरको चियापान

ओकेखबर संवाददाता १० माघ २०८०, बुधबार ०६:५५ मा प्रकाशित ( महिना अघि) ८८ पाठक संख्या

काठमाडौं । आसन्न राष्ट्रिय सभालाई मध्यनजर गर्दै ऐतिहासिक स्थल विराटनगरको कोइराला निवासमा चियापान हुने भएको छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सभाका सदस्यहरू तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि चियापान आयाेजना गरेका हुन् ।

बुधबार बिहान ८ बजेर ३० मिनेटमा चियापान सुरु हुने काेइरालाकाे सचिवालयले जनाएको छ । चियापान कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित मिनेन्द्र रिजाल, खेलकुदमन्त्री डिगबहादुर लिम्बू विराटनगर पुगिसकेका छन् ।


सम्बन्धित खबरहरु