सभामुखले किन बोलाए सबै संसदीय समितिका सभापतिहरुलाई छलफलमा ?

ओकेखबर संवाददाता ७ माघ २०८०, आईतवार ०७:१० मा प्रकाशित ( महिना अघि) ८५ पाठक संख्या

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् ।

घिमिरेले आइतबार बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

छलफलको विषयबारे जानकारी नगराए पनि समितिको काम कारबाही र गतिविधिबारे उनले जानकारी लिन खोजेको अनुमान गरिएको छ । घिमिरे सभामुख चयन भएको १ वर्ष पूरा भएको छ ।


सम्बन्धित खबरहरु