संघीय संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी

ओकेखबर संवाददाता ३ माघ २०८०, बुधबार ०९:०१ मा प्रकाशित ( महिना अघि) १०१ पाठक संख्या

काठमाडौं । संघीय संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सभामुख देवराज घिमिरेलाई भेट्न मंगलबार सिंहदरवारस्थित उनकै कार्यकक्षमा पुगेका थिए ।

झण्डै एक घण्टा भएको भेटमा संसद अधिवेशनको मिति, विधेयकहरुको अवस्था र संसदीय क्यालेन्डरको विषयमा छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ ।

मन्त्री गुरुङले माघ १८ गते अधिवेशन बोलाउने सरकारको तयारी रहेको सभामुखलाई जानकारी गराएका थिए । साथै, केही विधेयकहरु संसदमा दर्ता हुने प्रक्रियामा रहेको पनि मन्त्री गुरुङले बताएका थिए ।

सभामुख घिमिरेले संसदीय क्यालेण्डर बनाएर संसद चलाउने आफूहरुको तयारी रहेको र त्यसमा सहयोग हुने गरी सरकारको भूमिकाको अपेक्षा गरेको बताएका संसद सचिवालयका एक अधिकारीले बताए ।

सभामुख घिमिरेले सातामा ३ दिन प्रतिनिधि सभाको बैठक चलाउने र बाँकी ३ दिन संसदीय समितिको बैठकका लागि समय छुट्याउने गरी तालिका प्रस्ताव गरेका छन् ।कुन दिन बैठक राख्ने भन्ने तय गर्न सके सकारात्मक परिणाम लिन सक्ने सभामुखको अपेक्षा छ ।


सम्बन्धित खबरहरु