चौधरी नेतृत्वमा उन्मुक्तिको २५ सदस्यीय पदाधिकारी घोषणा, काे-काे परे ? (सूचीसहित)

ओकेखबर संवाददाता २८ पुष २०८०, शनिबार ०९:०७ मा प्रकाशित ( महिना अघि) १२७ पाठक संख्या

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रेशमलाल चौधरीको नेतृत्वमा २५ सदस्यीय पदाधिकारी घोषणा गरेको छ ।

शुक्रबार नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले पार्टीका संरक्षक समेत रहेका चौधरीको नेतृत्वमा २५ सदस्यीय सर्वसम्मत पदाधिकारी घोषणा गरेको हो ।

महाधिवेशनबाट पार्टीको वरिष्ठ उपाध्यक्षमा दमोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी चयन निर्विरोध भएका छन् ।
सहमहासचिव, सचिव र सहसचिव पदमा निर्विरोध चयन भएका छन् । यद्यपी दुई उपाध्यक्ष र महासचिवको भने टुंगो लागेको छैन ।

महासचिव र दुई उपाध्यक्षमा सहमति हुन नसकेपछि २५ पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । महासचिव र दुई उपाध्यक्षमा भने सहमतिको प्रायशः भइरहेको जनाइएको छ ।


सम्बन्धित खबरहरु