उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध

ओकेखबर संवाददाता २७ पुष २०८०, शुक्रबार १५:२३ मा प्रकाशित ( महिना अघि) ११५ पाठक संख्या

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा संरक्षक रेशमलाल चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा चौधरीको मात्र उम्मेदवारी दर्ता भएको हो । योसँगै उनी अध्यक्षमा निर्विरोध भएका हुन् ।

यद्यपी यसको औपचारिक घोषणा हुन भने बाँकी छ । टीकापुरमा बिहीबारबाट सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ ।


सम्बन्धित खबरहरु