कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेस काठमाडौं महानगरपालिका-२१ का सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ ।
२९ साउनमा उनलाई काेराेना संक्रमण पुष्टि भएकाे थियाे । ३१ गते सशस्त्र प्रहरी अस्पतालकाे आईसीयूमा उपचार भइरहेकाेमा अवस्था जटिल बन्दै गएपछि ३२ साउनदेखि उनलाई भेन्टिलेटरमा राखिएकाे थियाे ।
वसन्तपुर घर भएका उनकाे केही बेरअघि मृत्यु भएकाे सशस्त्र प्रहरी अस्पतालले जनाएकाे छ ।