सुनको मुल्य घट्यो, कति छ आजको मुल्य ?

ओकेखबर संवाददाता १ भाद्र २०७७, सोमबार १४:३१ मा प्रकाशित ( साल अघि) ४१८ पाठक संख्या

काठमाडौं । सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तिएको छ । सोमबारकालागि छापावल सुनको प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको भाउ ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबारका लागि तेजावी सुनको भाउ ९७ हजार ७ सय तोकिएको छ । चाँदीको प्रतितोला मूल्य अघल्लो दिनको तुलनामा दश रुपैयाँले सस्तिएको छ ।

चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा मूल्यमा देखिएको उतार चढाबकाकारण मूल्य तलमाथी भईरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


सम्बन्धित खबरहरु