आज यी स्थानमा हुदैछ बर्षा, सतर्कता अपनाउन मौसमविद्को आग्रह

ओकेखबर संवाददाता २५ श्रावण २०७७, आईतवार ०९:२९ मा प्रकाशित ( साल अघि) ४९७ पाठक संख्या

आज पनि देशका धेरै स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

उनका अनुसार आज राति प्रदेश-१, प्रदेश-२ गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् ।

उनका अनुसार मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावनासँगै अझैं २ दिन नेपालमा मनसुन सक्रिय हुनेछ ।

मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


सम्बन्धित खबरहरु