नेपालमा कोरोनाबाट थप १ संक्रमितको मृत्यु

ओकेखबर संवाददाता २५ श्रावण २०७७, आईतवार ०८:२४ मा प्रकाशित ( साल अघि) २९३ पाठक संख्या

पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ संक्रमितको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत १ कोरोना संक्रमितको गएराति ११ः३५  बजे पोखरा-१९ लामाचौरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार मृत्यु भएका वृद्ध डाइयबिटिजका बिरामी थिए ।

गएको १७ साउनमा कोरोना पोजिटिभ देखिएपछि उनलाई आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

योसँगै नेपालमा कोरोानबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।


सम्बन्धित खबरहरु