खेतमा रोपाइँ गर्न गएका किसानलाई काम गर्न प्रहरीले रोकेपछि…

ओकेखबर संवाददाता १५ असार २०७७, सोमबार १३:२६ मा प्रकाशित ( साल अघि) २१८९ पाठक संख्या

काठमाडौं । ललितपुरको खोकनामा खेत खनजोत गरी आज रोपाइँ गर्न गएका किसानलाई काम गर्न प्रहरीले रोकेको छ।

सोमबार दिउँसो खोकनाका किसान खनजोतका लागि खेतमा गएपछि प्रहरी पनि त्यहाँ पुगेको थियो। सुडोल फाँटमा किसानले खनजोत गर्न थालेपछि प्रहरीले रोकेपछि विवाद भएको हो।

काठमाडौं-निजगढ फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले खनजोत गरेको भन्दै प्रहरीले रोकेको हो। तर स्थानीय किसानले भने आफ्नो खेत खनजोत गर्न पाउनुपर्ने बताएका छन्।

यहाँको जमिन सरकारले फाष्ट ट्रयाक बनाउन अधिग्रहण गरेको बताए पनि किसानहरूले भने पैसा नपाएको दाबी गरेका छन्। सरकारबाट मुआब्जा नलिएकोले आफ्नो खेत खनजोत गर्न पाउनुपर्ने खोकनाका किसानको माग छ। किसानहरूले आफूहरूलाई सुकुम्बासी बनाउन खोजेको भन्दै विरोध गरेका हुन्।

उनीहरूले सरकार र प्रहरीविरूद्ध नाराबाजी पनि गरेका छन्।

भिडियाेमा हेर्नुहाेला :


सम्बन्धित खबरहरु