भारतमा ३ हप्ता लम्बियो लकडाउन

ओकेखबर संवाददाता २ बैशाख २०७७, मंगलवार ११:२१ मा प्रकाशित ( साल अघि) ४४२ पाठक संख्या

काठमाडौं। कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि भारतले ३ हप्ताका लागि लकडाउन थपेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् । भारतले यसअघि गरेको ३ हप्ताको लकडाउनको समय भोली सकिँदै छ ।

 

मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए। उनले आगामी एकसाता अर्थात अप्रिल २० सम्म लकडाउनलाई कडाइकासाथ लागु गरिने समेत बताएका छन्।

भारतमा हालसम्म १० हजार ४५३ जना संक्रमित भएकोमा ३५८ जनाले ज्यान गुमाइसकेका छन् ।


सम्बन्धित खबरहरु