कर्णाली राजमार्ग पुनः अवरुद्ध, सवारीसाधनका यात्री अलपत्र

ओकेखबर संवाददाता २३ भाद्र २०८१, आईतवार १०:०९ मा प्रकाशित ( हफ्ता अघि) १८ पाठक संख्या

जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ ।

गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ ।

राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।


सम्बन्धित खबरहरु