एन्फा महिला लिगः विभागीय डर्बीमा एपीएफ विजयी

ओकेखबर संवाददाता २२ भाद्र २०८१, शनिबार २१:०७ मा प्रकाशित ( हफ्ता अघि) १८ पाठक संख्या

काठमाडौं । एन्फा महिला लिगअन्तर्गत शनिबार सम्पन्न विभागीय डर्बीमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन सविता रानामगर र गीता रानामगरले गोल गरे। आर्मीका लागि विमला चौधरीले एक गोल फर्काइन्।

पहिलो जितसँगै एपीएफले दुई खेलमा चार अंक जोडेको छ। पहिलो पराजय ब्यहोरेको आमीको समान खेलबाट तीन अंक छ। पहिलो खेलमा एपीएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिँदा आर्मीले संकटालाई ४-० ले पराजित गरेको थियो।

पहिलो हाफको इन्जुरी समयमा सविताको गोलमार्फत एपीएफले अग्रता लिएको थियो। ५६औं मिनेटमा विमलाले आर्मीलाई बराबरीमा ल्याइन्। गीताले ६७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा एपीएफ २-१ ले अगाडि बढ्यो। त्यसपछि थप गोल निस्कन सकेन।


सम्बन्धित खबरहरु