बालेनलक्षित ओलीको यस्ताे टिप्पणी

ओकेखबर संवाददाता २० भाद्र २०८१, बिहीबार ०८:०४ मा प्रकाशित ( हफ्ता अघि) २८ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा आएका टिप्पणीले फरक नपर्ने बताएका छन् ।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गरेर टिप्पणी गरेका हुन् । तर, उनले बालेनको नाम लिएनन् ।

केही दिनयता बालेनले प्रधानमन्त्री ओलीलक्षित स्टाटस राखेपछि सामाजिक सञ्जाल तातेको छ । सरकारकै संलग्नतामा आफ्नो एउटा फेसबुक स्टाटस हटाइएको संकेत गरेपछि बालेनका समर्थकहरूले ओलीलाई फेसबुकमा अनफलो गर्ने अभियान नै चलाएका छन् ।


सम्बन्धित खबरहरु