बिदाको दिनमा पनि ओपिडी सञ्चालन गर्न सबै सरकारी अस्पताललाई मन्त्रालयको परिपत्र

ओकेखबर संवाददाता १९ भाद्र २०८१, बुधबार ०७:१९ मा प्रकाशित ( हफ्ता अघि) ४२ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपिडी) सञ्चालन गर्न सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा ओपिडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकोमा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रूपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१–०५–१६ को निर्णय अनुसार अनुरोध छ ।’

यसैविच नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन समेत सवै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा ९बहिरंग सेवासमेत० प्रवाह गर्न सरकारले दिएको निर्देशन अव्यवहारिक तथा अवैज्ञानिक रहेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आराम गर्न हप्ताको २ दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन विपरीत नेपालमा भने बिदाको दिनमा समेत बहिरसंग सेवा सञ्चालन गर्ने कुरा अवैज्ञानिक र अव्यवहारिक भएको जनाएको हो ।

भदौ ७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिन समेत स्वास्थ्यसम्बन्धी सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयलाई गरेको पत्राचारबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वास्थ्यकर्मीमा कामको बोझ तथा लगातारको तनावले पारिवारिक, वैवाहिक र सम्बन्ध विच्छेदसम्मका घटना देखिएको संघका महासचिव डा।सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।


सम्बन्धित खबरहरु