सहकारीको छानबिन समितिको म्याद थप्ने तयारी

ओकेखबर संवाददाता १८ भाद्र २०८१, मंगलवार ०७:४७ मा प्रकाशित ( हफ्ता अघि) २७ पाठक संख्या

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी गठित संसदीय छानबिन विशेष समितिको म्याद थप गर्ने तयारी गरिएको छ । समितिको म्याद १५ दिन थप्ने प्रस्ताव राख्न लागिएको हो ।

आज प्रतिनिधिसभाको दिउँसो एक बजे बस्ने बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थप गर्न प्रस्ताव प्रस्तुत गर्ने तय भएको छ । जेठ १५ गते गठित समितिको कार्यावधि भदौ २३ गते सकिने हुँदा म्याद थप गर्न लागिएको हो ।

उक्त समितिमा नेकपा एमालेबाट सरिता भुसाल, नेपाली काँग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे सदस्य हुनुहुन्छ । यसैगरी माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट धुव्रबहादुर प्रधान छन् ।

समितिले पछिल्लो समय सुर्यदर्शन सहकारीको रकम हिनामिनाको सम्बन्धमा पुर्व गृहमन्त्री रवि लामिछाने सहित सो सहकारीमा आवद्ध ब्यक्तिहरुसँग सोधपुछ गरेको थियो ।


सम्बन्धित खबरहरु