हमासले बन्धक बनाएकाहरुको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन

ओकेखबर संवाददाता १७ भाद्र २०८१, सोमबार ०७:५२ मा प्रकाशित ( हफ्ता अघि) ३७ पाठक संख्या

इजरायलमा बन्धक बनाइएकाहरुको रिहाइको माग गर्दै प्रदर्शन भएको छ । तेल अभिभ र जेरुसेलममा बन्दकको समर्थनमा हजारौँ मानिसहरु सडकमा आएर उनीहरुको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले गाजामा बन्धक बनाएकाहरूलाई फिर्ता ल्याउन विद्रोही समूह हमाससँग सम्झौता गर्न सरकारलाई आग्रह गर्दै जेरुसेलममा रहेको प्रधानमन्त्रीको कार्यालयबाहिर नारा लगाउँदै विरोध गरेका बीबीसीले जनाएको छ ।

यसैबीच, गाजामा बन्धकहरूको रिहाईका लागि  इजरायली सरकारलाई दबाब दिन उनीहरुका परिवार तथा आफन्तले आज राष्ट्रव्यापी हड्तालको आह्वान गरेका छन् । बन्धक तथा बेपत्ता परिवार मञ्चले सबै नागरिकलाई हड्ताल सफल बनाउन सहयोग गर्न अपिल गरेको छ ।

तेल अभिभका मेयर रान हुलदाईले आम हड्तालको समर्थन गर्दै प्रदर्शनमा सहभागी हुने बताउनुभएको छ । हमासले बन्धक बनाएका मध्य ६ जनाको शव हिजो बरामद भएपछि अरु बन्धकको अवस्था सार्वजनिक गर्न र उनीहरुलाई जतिसक्दो छिटो रिहाइका लागि पहल गर्न नागरिकहरुले प्रदर्शन शुरु गरेका हुन् ।


सम्बन्धित खबरहरु