प्रतिबन्ध लगाइएको टिकटक फेरि चल्ने

ओकेखबर संवाददाता ६ भाद्र २०८१, बिहीबार ०८:४९ मा प्रकाशित ( हफ्ता अघि) ३९ पाठक संख्या

काठमाडौं। झन्डै एक वर्षअघि प्रतिबन्ध लगाइएको टिकटक फेरि चल्ने भएको छ। सरकारले टिकटक खुला गर्ने निर्णय गरेको हो।

गत वर्ष असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमा प्रतिबन्ध लगाइएको थियो। सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा दायर भएका छन्।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गत मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।


सम्बन्धित खबरहरु