नेपाल साफ यु–२० फुटबलको सेमिफाइनलमा प्रवेश

ओकेखबर संवाददाता ५ भाद्र २०८१, बुधबार ०६:५१ मा प्रकाशित ( हफ्ता अघि) ३८ पाठक संख्या

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आयोजक नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हिजो भएको समूह ए को खेलमा बंगलदेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो ।

हिजो बंगलादेशसाग २–० ले हारेको श्रीलंका पहिलो खेलमा नेपालसँग एक शुन्यले हारेको थियो । हिजोको खेलपछि यो समुहबाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।

दुई टोलीबिच भोलि हुने खेलपछि समुह विजेताको टुंगो लाग्नेछ । प्रतियोगिताअन्तर्गत आज हुने खेलमा माल्दिभ्स र भुटान भिड्नेछन् ।


सम्बन्धित खबरहरु