शिक्षामन्त्रीलाई त्रिवि पदाधिकारीबाट धम्की, मागिन् सुरक्षा

ओकेखबर संवाददाता ५ भाद्र २०८१, बुधबार ०९:२० मा प्रकाशित ( हफ्ता अघि) ३९ पाठक संख्या

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले आफूलाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबाट धम्की आउने गरेको खुलाएकी छन्।

उनले फोनमार्फत पटपटक धम्की आउने गरेको सामाजिक सञ्जालमार्फत खुलाएकी छन्।

भट्टराईले लेखेकी छिन, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरू लाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।’
उनले थपेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो कुनै आवेगमा आएर लेखेको होइन। मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु।’


सम्बन्धित खबरहरु